PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड विजयी, नेपोली पराजित



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड विजयी, नेपोली पराजित

युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा उपाधिका दाबेदार क्लबहरु आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र बोरुसिया डर्टमण्ड विजयी भएका छन्। नेपोली भने पराजित भएको छ।

इंगलिस क्लब आर्सनलले ओस्टेरसन्ड एफकेलाई ३-० ले हरायो। आर्सनलका लागि नाचो मोनरेल र मेसुट ओजिल एक एक गोल गरे भने सोट्रिरिओसले एक बत्मघाति गोल उपहार दिए।

एथ्लेटिको मड्रिडले एफ सि कोभनहेगनलाई ४-१ ले हरायो। एक गोलले परेको स्थिती उल्टाउँदै जित दिलाउन एथ्लेटिकोका लागि सउल निगेज, केभिन गमेइरो, एन्टोली ग्रीजमन र भिटोलोले गोल गरे। तयसअघि भिक्टोर फिसरले गोल गर्दै कोभनहेगनलाई अग्रता दिलाएपनि लामो समय सकेन।

यस्तै अर्को स्पानिस क्लब एथ्लेटिक विल्वाओले स्पार्टा मस्कोलाई ३-१ ले पराजित गरेको छ।

इटालिनय क्लब एसी मिलानले लुडोगोरेट्सलाई ३-० ले पराजित गरेको छ। मिलानका लागि प्याट्रिक कोर्ट्रोन, रिकार्डो रोड्रिगेज र फाबियो बोरिनिले गोल गरे

उता मिच बात्सुईले दुई गोल गरेपछि डर्टमण्डले एटलान्टालाई ३-२ ले हरायो। डर्टमण्डका लागि आन्द्रे रलेले एक गोल गरे। एटलान्ठाका लागि जोसिप इलिसिसले २ गोल गरे।

यसैगरी इटालियन क्बल नेपोली जर्मनीको लेंइपिजगसँग ३-१ ले पराजित भएको छ। लेइपजिगका लागि टिमो वेनरले २ तथा ब्रुमाले एक गोल गरे। त्यसअघि एडम ओउनुसले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell