PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

भोटेकोसीमा टिपर खस्दा ३ को मृत्यु, सहचालक बेपत्ता



पहिलोपोस्ट

भोटेकोसीमा टिपर खस्दा ३ को मृत्यु, सहचालक बेपत्ता

काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसेस्थित भोटेकोशी नदीमा टिपर दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ।  तातोपानीबाट बाहबिसे बजारतर्फ  आउँदै गरेको बा ४ ख २८१२ नम्बरको टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो। 

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका ८ का ३५ वर्षीय शेखर अधिकारी, ४० वर्षिय सुब्बा अधिकारी र २० वर्षिय कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका एसपी मोहन पोखरेल जानकारी दिए। 

टिपरमा रहेका सहचालकको फेला नपरेको एसपी पोखरेलले बताए। टिपर अरनिको राजमार्गबाट करिब एक सय मिटर तल भोटेकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell