PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

सन्तोष पन्तलाई साम्दे शेर्पा पुरस्कार प्रदान



पहिलोपोस्ट

सन्तोष पन्तलाई साम्दे शेर्पा पुरस्कार प्रदान

काठमाडौं: हास्य कलाकार सन्तोष पन्तलाई यस वर्षको साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले कुमारीगलस्थित ज्योति पार्टी प्यालेसमा आयोजना गरेको गुथुक साँझमा प्रतिनिधिका सांसद प्रमुख अतिथि जिपछिरिङ शेर्पाले उक्त पुरस्कार प्रदान गरेका हुन्।

हास्यकलाकार स्व साम्दे शेर्पाको सम्मानमा पुरस्कार पाँच वर्षअघि स्थापना भएको हो।

पुरस्कार ३१ हजार राशिसहितको प्रमाणपत्र तथा ट्रफी रहेको छ । यसअघि यस पुरस्कारबाट मह जोडी, मनोज गजुरेल,  पासाङ टि शेर्पा र बसुन्धरा भुसाल सम्मानित भइसकेका छन्।

यस्तै साम्दे शेर्पा राष्ट्रिय नव प्रतिभा पुरस्कारबाट हास्य कलारकार जितु नेपाललाई सम्मान गरिएको छ भने शेर्पा प्रतिभा पुरस्कार गायक मिङ्मा शेर्पालाई प्रदान गरियो। दुबै पुरस्कारको राशि नगद १० हजार १११ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell