PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्री अोलीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश



पहिलोपोस्ट

प्रधानमन्त्री अोलीलार्इ चिनियाँ समकक्षीको बधार्इ सन्देश

काठमाडौंः चीनले नेपालको सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएको छ। चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बधार्इ सन्देश पठाउँदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्भता जनाएका हुन्।

चिनियाँ प्रधानमन्त्री लीले अोलीको प्रधानमन्त्रीकालमा दुर्इदेशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विस्वास समेत व्यक्त गरेका छन्। 

उनले नयाँ सरकारसँग दुर्इ देशको विकास तथा सम्वृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन्। 

उनले अोलीको नेतृत्वमा नेपालले चीनले अगाडि सारेको वेल्ट एण्ड रोड परियोजना पूर्वाधार निर्माणमा अगाडि बढ्ने समेत अपेक्षा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell