PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

देउवा वुढानिलकण्ठतिर, छाडे बालुवाटारको सरकारी निवास



पहिलोपोस्ट

देउवा वुढानिलकण्ठतिर, छाडे बालुवाटारको सरकारी निवास

काठमाडौं : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार छाडेका छन्। ज्योतिषको सल्लाहअनुसार बालुवाटार प्रवेश गरेका देउवा ज्योतिषकै परामर्श अनुसार आज मध्यान्न बालुवाटार छाडेका हुन्। 

ज्योतिषको सल्लाहअनुसार देउवा असार ५ गते सरकारी निवासमा सरेका थिए। ज्योतिषकै परामर्शका आधारमा आज निजी निवास बुढानिलकण्ठ पुगेका हुन्।

देउवाले बिहीवार राजीनामा दिएका थिए। उनको राजीनामासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। ओली शपथपछि निजी निवास बालकोट गएका थिए।

देउवाले बालुवाटार छाडे पनि ओलीको बालुवाटार प्रवेश भने तय भइसकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell