PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'लम्फू'को तीन पोस्टर सार्वजनिक, तरकारीवालीको यस्तो लुक्स



पहिलोपोस्ट

'लम्फू'को तीन पोस्टर सार्वजनिक, तरकारीवालीको यस्तो लुक्स

काठमाडौं: फिल्म 'लम्फू'को तीन पोस्टर एकसाथ रिलिज गरिएको छ। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ। जसमध्य तरकालीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि रहेकी छिन्। तीनवटै पोस्टरले कलाकारको लुक्सको झल्को दिन्छ।

बैशाख २८ रिलीज टार्गेट गरेको फिल्ममा कबिर खड्का, कुशुम श्रेष्ठ, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी र सलोन बस्नेतको मुख्य अभिनय रहेको छ।

एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाले निम्त्याउने अवस्था प्रस्तुत गर्छ। फिल्मले समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउँछ भन्ने थिम बुझाउँछ। भूपतिले लेखेको लम्फूलाई गोपालचन्द्र लामिछानेले निर्देशक गरेका हुन्।

दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ। चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell