
काठमाडौं : बिहीवार जनसंख्या तथा वातावरण मन्त्रीको सपथ ग्रहण गरेका नेकपा एमाले सांसद लालबाबु पण्डितले अप्रत्यासित रुपमा मन्त्री को जिम्मेवार लिएको बताएका छन्।
अप्रत्यासित मन्त्री बनेको भए पनि उनले योजनाहरु भने पूर्व तयारी गरे झै सुनाए।
'काठमाडौंमा माक्स र हेल्मेटको जिन्दगी छ। कामाडौं बाहिर पनि धुलो धुवाको जिन्दगी छ,' मन्त्री पण्डितले भने, 'चुरे दोहनले गर्दा बाढी आउने लगायतका समस्या आएका छन्।'
उनले विकास निर्माणका योजना सञ्चालनमा आएको भए पनि तरिका नपुगेकाले परिणाम फरक आइरहेको बताए। विकास निर्माण र वातावरणबीच सन्तुलन ल्याउन आवश्यक रहेको उनले बताए।
वातावरण र विकास कागजमा सीमित भएको बताउँदै मन्त्री पण्डितले भने, 'यसले ठेकेदार मोटाउने काम मात्र भएको छ। मानिसको जीवन असहज बन्दै गएको छ।'
हिजोमात्र मन्त्रीको शपथ लिएकाले मन्त्रालयबारे ब्रिफिङ नलिङ बताउन नसक्ने जनाए।
‘वातावरणमैत्री बनाउन र जनसंख्यलाई सन्तुलनमा राख्न राष्ट्रिय अन्तर्राष्ट्रिय नीति नियम अनुसार विज्ञको सल्लाहमा अघि बढ्ने छु,’ मन्त्री पण्डितले भने।
जुन मन्त्रालय पाएका छन् त्यसमा उनी सन्तुष्ट छन् त?
उनले भने, ‘यो प्रधान मन्त्रीय प्रणाली भएको मुलुक हो। कुनै पनि बेलामा कुनै पनि मन्त्रलायको जिम्मेवारी पाउन सक्ने र हट्न पनि सक्ने र थप जिम्मेवारी पनि पाउन सक्ने हुन्छ। मैले असन्तुष्टिदेखि सुरु गरेको छैन। सन्तुष्टि देखि सुरु गरेको छु। सन्तुष्टिको बाटो दिन्छु।’