PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

दुई फिल्मको एकसाथ प्रचार: केकीलाई कति गाह्रो?



पहिलोपोस्ट

दुई फिल्मको एकसाथ प्रचार: केकीलाई कति गाह्रो?

काठमाडौं: अभिनेत्री केकी अधिकारीको अभिनय रहेको फिल्म 'हुर्रे' फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ। जसको प्रचार प्रसारको लागि फिल्म युनिट मोफसल यात्रामा छ। प्राय फिल्मको रिलिज मिति नजिकिंदै गर्दा कलाकारहरुको सामाजिक सञ्जाल पनि उक्त फिल्मको प्रचार सामाग्रीले भरिन्छ। तर अभिनेत्री केकी अधिकारीको हकमा केही फरक भएको छ। उनी हुर्रे युनिटसँगै मोफसल यात्रामा त छिन् तर सँगसँगै आफ्नो अर्को फिल्म 'कोहलपुर एक्सप्रेस'को प्रचारलाई पनि तिब्रता दिएकी छिन्।

हुर्रेकी मुख्य अभिनेत्री रहेकी उनी कोहलपुर एक्सप्रेसकी भने निर्माता समेत हुन्। यात्रामा हुर्रे टिम र सामाजिक सञ्जालमा कोहलपुर एक्सप्रेस केकीलाई यी दुई फिल्मको प्रचार संतुलन गर्न त्यति सहज भने पक्कै भएको छैन। उनको निर्माण रहेको फिल्म कोहलपुर एक्सप्रेसको दुई गीत सार्वजनिक भए। जसमध्य सिओडब्लु काउ गीत सर्वाधिक चर्चामा रह्यो भने दोस्रो रोम्यान्टिक गीतले पनि प्रतिक्रिया पाउने क्रम जारी छ।

हुर्रेको पनि एउटा लोक भाकाले राम्रो चर्चा पायो। सार्वजनिक ट्रेलरका अनुसार केकीले फिल्ममा एकसाथ धेरै युवासँग प्रेमको नाटक गर्ने युवतीको भूमिका उनले निभाएकी छिन्। मेनका बनेकी उनी पशुपतिनाथ क्षेत्रमा फूल बेच्छिन्।

कोहलपुर एक्सप्रेस २०७५ को बैशाखमा मात्र रिलिज हुन्छ त्यसैले हाललाई केकी अब हुर्रे प्रचारमा व्यस्त रहलिन्। हुर्रे फागुन २५ बाट रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell