PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

'हुर्रे'को प्रचार यात्रा पोखराबाट सुरु



पहिलोपोस्ट

'हुर्रे'को प्रचार यात्रा पोखराबाट सुरु

काठमाडौं: फिल्म ’हुर्रे’ युनिट यही फागुन २५ गतेबाट देशभर प्रदर्शन हुँदैछ। फिल्म प्रचारका लागि देश दौडाहमा रहेको युनिटले विहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गर्‍यो। सम्मेलनमा फिल्म निर्देशक तथा लेखक याम थापा, कलाकारहरु केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल उपस्थित थिए।

कलाकारहरुले फिल्‍ममा आफ्नो भूमिका र काम गर्दाको अनुभव बारे बोले। केकीले आफू पशुपतिमा फूल बेच्ने मेनकाको भूमिकामा रहेको बताइन्। फिल्म युनिटले दर्शकसँग पनि केही समय बिताएको थियो। यसरी कलाकारसँग दर्शकको प्रत्यक्ष अन्तर्किया र भेट प्रचारको राम्रो माध्यम बनेको छ। हुर्रे युनिट अन्य मुख्य सहरहरुमा पनि प्रचार प्रसारको लागि जाने बताइएको छ।

’हुर्रे’ मा केकी अधिकारी, अनुप विक्रम शाही, राजाराम पौडेल अलवा अन्कित खड्का,विजय बराल, संगीता नापित लगायतका कलाकारको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell