PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

सस्पेन्सले लुकाएको फिल्म 'कान्छी'को नयाँ गीत



पहिलोपोस्ट

सस्पेन्सले लुकाएको फिल्म 'कान्छी'को नयाँ गीत

काठमाडौं: फिल्म 'कान्छी' युनिटले फिल्म रिलिजको केही घण्टाअघि नयाँ गीत सार्वजनिक गर्‍यो। फिल्मको कथाबिचको केन्द्रीय घटनाक्रम गोप्य राख्न रिलिज नगरिएको 'मन रमाउँदै' बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो। 

अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौंलागाईंको स्वर रहेको छ। दिवाकर भट्टराईले लेखेको गीतको भिडियोमा दयाहाङ राई र श्वेता फिचर्ड छन्।

कान्छी शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। यम थापाको लेखन रहेको फिल्ममा नीर शाह, अनु शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, विनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतको पनि अभिनय छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell