PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्याकेजमा सहमति नहुँदा मन्त्री पठाएनौं : प्रचण्ड



पासाङ ठकुल्ला

प्याकेजमा सहमति नहुँदा मन्त्री पठाएनौं : प्रचण्ड
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हिजो गठित सरकारमा पार्टीले मन्त्री नपठाउनुको कारण खुलाएका छन्। 

शुक्रवार एकीकृत अखित नेपाल शिक्षक संगठनको पाचौं सम्मेलनमा अध्यक्ष दाहालले मुख्य पद र पार्टी एकीकरणको विषयमा प्याकेजमा सहमतिमा खोज्दा मन्त्री पठाउन ढिलो भएको प्रस्टिकरण दिए।

अध्यक्ष दाहालले भने, 'प्रधान मन्त्री, राष्ट्रपति, उप-राष्ट्रपति, सभामुख जस्ता पदमा सहमति खोज्दा ढिलो भएकाले मन्त्री पठाउन सकेनौं। अरु कुनै कुरा छैन।' 

दाहालले हिजोदेखि एमालेसँग छलफल भए पनि सहमति हुन नसकेको जानकारी गराए। उनले भने, 'छलफल सकारात्मक रुपमा अगाडि बढेको छ। दुई/चार दिनमा नै सहमतिमा पुग्छौं।'

अध्यक्ष दाहालले मन्त्रालयको बाडँफाँड र पार्टी एकताको सहमति प्याकेजमा नै खोजिने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell