PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कल्पपुञ्जको 'सञ्जीवनी' सार्वजनिकः किताबको दुई लाख साहित्यका लागि सहयोग



पहिलोपोस्ट

कल्पपुञ्जको 'सञ्जीवनी' सार्वजनिकः किताबको दुई लाख साहित्यका लागि सहयोग

काठमाडौंः साहित्यकार कल्पना श्रेष्ठ कल्पपुञ्जको उपन्यास सञ्जीवनी सार्वजनिक भएको छ। आज सर्वनाम थिएटरमा काठमाडौं बहिरा संघका अध्यक्ष सत्यदेवी वाग्ले, साहित्यकारहरु भूवनहरि सिग्देल, समालोचक महेश पौडेल, राम लोहनीलगायतले उनको उपन्यास सार्वजनिक गरेका हुन्। 

सोही अवसरमा पुस्तक विक्रीबाट आएको दुई लाख रकम गंगा कर्माचार्यलाई प्रदान गरियो। साहित्य श्रीवृद्धिका लागि कोष खडा गर्न उक्त रकम कर्माचार्यलाई प्रदान गरिएको लेखिका श्रेष्ठले जानकारी दिइन्। कर्माचार्यको संयोजकत्वमा एक समिति बनाई उक्त रकम साहित्य श्रीवृद्धिमा प्रयोग गरिनेछ।

सञ्जीवनी आवाजविहीन किशोरीहरुको हिंसा, उनीहरुको संघर्ष, यौन हिंसा र उनीहरुले गरेका सामाजिक कार्यहरुमा केन्द्रित रहेको लेखिका श्रेष्ठले बताइन्। किताब शिखा बुक्सले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell