PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

देउवालाई शेखरको प्रश्न: महासमितिको बैठक बोलाउन किन आलटाल?



पहिलोपोस्ट

देउवालाई शेखरको प्रश्न: महासमितिको बैठक बोलाउन किन आलटाल?

काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महासमितिको बैठकबाट नडराउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

विराटनगरमा आयोजित नेपाल विद्यार्थी संघको प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले भने, 'सभापतिजीले महासमितिको बैठक बोलाउँछु भन्नुभएको यतिका समय बितिसक्यो। बैठक बोलाउन किन आलटाल गरिरहनुभएको छ बुझ्न सकेको छैन। 

डा कोइरालाले जतिसक्दो छिटो महासमितिको बैठकमार्फत् पार्टीको विधान संशोधन गरेर अगाडि नबढे पार्टी समाप्तिको बाटोमा जाने चेतावनी दिए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू धनराज गुरुङ, चन्द्र भण्डारी, गुरूराज घिमिरे र प्रदीप पौडेलले कांग्रेस नेतृत्व असफल भइसकेको भन्दै पार्टी अब पुरानो ढर्राले चल्न नसक्ने धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell