PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

वर्ल्डकप क्वालिफायरका लागि नेपालको ब्याटिङ कन्सल्ट्यान्टमा भारतका उमेश पटवाल आउने



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायरका लागि नेपालको ब्याटिङ कन्सल्ट्यान्टमा भारतका उमेश पटवाल आउने
फोटो : http://www.cricketgraph.com/

काठमाडौं : जिम्वावेमा अर्को महिना हुने आइसीसी वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ कन्सलट्यान्टका रुपमा भारतका उमेश पटवाल आउने भएका छन्।

नामिबियामा भएको डिभिजन टू मा भारतै सुलक्षण कुलकर्णी नेपालको ब्याटिङ कन्सलट्यान्ट थिए।

आइसीसीको नेपाल हेर्ने प्रतिनिधि भावना घिमेरेले पटवाल आउने पकका भएको पहिलोपोस्टलाई जानकारी दिइन्।

पटवाललाई ब्याटिङ कन्सलट्यान्टको रुपमा ल्याउन आइसीसीले स्वीकृती दइसकेको समेत घिमिरले बताइन्।

डिभिजन टू को उपविजेता बन्दे नेपाल वान डे वर्ल्डकप क्वालिफायरमा छनोट भएपछि कुलकर्णी भने भारत फर्किसकेका छन्।

भारतीय प्रशिक्षक पटवाल यसअघि अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। सन् २०१४ को वर्ल्ड टी-२० र २०१४ को एसिया कपमा पटवाल अफगानिस्तानको ब्याटिङ प्रशिक्षक थिए। यस्तै उनले अफगानिस्तानको शापागिजा क्रिकेट लिगमा रसिद खानको कप्तानीमा रहेको बण्ड-ए-अमिर ड्रागन्सको प्रशिक्षण समेत सम्हालेका थिए।

फोटो : हिन्दुस्थान टाइम्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell