PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फिल्म अनुरागको ‘कान्छा दाइ’मा एलिजा गौतम धमलासँग सरोज अधिकारी



पहिलोपोस्ट

फिल्म अनुरागको ‘कान्छा दाइ’मा एलिजा गौतम धमलासँग सरोज अधिकारी

काठमाडौं: फिल्म 'अनुराग'को पहिलो गीत भिडियोसहित युट्यब रिलिज भएको छ। कान्छा दाई गाना बजाई देउ बोलको गीती भिडियोमा अभिनेत्री तथा निर्मात्री एलिजा गौतम धमलासँग कार्टुन्ज क्रुका सरोज अधिकारी देखिएका छन्।

सरोज अधिकारीले फिल्मका कलाकार भने होइनन्। फिल्ममा एलिजासँगै समुद्र पण्डितको मुख्य अभिनय रहने छ। एलिजा र समुद्र दुबैको यो डेब्यु फिल्म हो।

सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको गीत 'कान्छा दाइ गाना बजाइदेउ'मा ताराप्रकाश स्वयंमको र ममता गुरुङको स्वर रहको छ।

एरिका फिल्मस ब्यानरमा बनेको फिल्म अनुरागलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन्। किरण दाहालले लेखेको फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन्। आउँदो वर्षको वैशाखमा रिलिज टार्गेट गरेको फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतमको मुख्य अभिनय रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell