PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मेक्सिकोमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २०० भन्दा बढी परकम्प



पहिलोपोस्ट

मेक्सिकोमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २०० भन्दा बढी परकम्प
फोटो: AP

मेक्सिको सिटी: मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार गएको उक्त भूकम्प ७।२ म्याग्निच्युडको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।

पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको छ। यसबाट भौतिक र मानवीय क्षति पनि धेरै मात्रामा भएको अनुमान गरिएको छ। 

सरकारले ठूलो संख्यामा उद्दारकर्ता परिचालन गरिएको छ। शक्तिशाली भूकम्पपछि २२५ पटक एफ्टरसक्स आइसकेको मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएको छ। 

मेक्सिकोमा गत वर्षमात्र पनि दुई ठूला भूकम्प गएका थिए। गत वर्ष अर्थात् पाँच महिनामात्र अघि गत सेप्टेम्बर ७ र १९ मा यहाँ ८ रिक्टरभन्दा माथिको भूकम्प गएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell