PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

कांग्रेस नेतृत्वले कार्यकर्तालाई लंगडो तर्क दिएको प्रकाशमानको आरोप



रासस

कांग्रेस नेतृत्वले कार्यकर्तालाई लंगडो तर्क दिएको प्रकाशमानको आरोप

चितवन: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। 

सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए। 

नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाए। 

वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा कांग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्ने बताए। 

नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गरे। 

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उनले कांग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताए। 

नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell