PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रसियामा नेपाली नाटक मञ्चन



पहिलोपोस्ट

रसियामा नेपाली नाटक मञ्चन

कठमाडौं: रसियामा नेपाली नाटक मञ्चन भएको छ। रसियाको नोभोसिबिर्सक शहरमा भैरहेको झवान, टु, थ्री थिएटर फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका  हुन्।

तीन जनासम्मको कलाकारको मात्र प्रस्तुति रहनु पर्ने फेस्टिभलमा नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी,  एकेडेमिक डाइरेक्टर नरेश कुमार केसी र अभिनय विधाका विद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइलीले सहभागिता जनाएका  थिए।

४६ वटा नाटक मञ्चन भएको उक्त फेस्टिभलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्सकस्थित रेड हाउस थिएटरमा नाटक देखाएको हो। रोनिश राउत निदेर्शित २३ मिनेट लामो नाटक ‘ पिस’ मञ्चन भएको हो। नेपालको द्वन्द्व कालको विषयमाथि निर्माण भएको उक्त नाटकमा सन्जोग रसाइली माओवादी र मोहन जैशीले आर्मीको भूमिका निर्वाह गरेका थिए। नाटकपछि नेपालको सिनेमा,  आर्ट र थिएटरको विषयमा अन्तक्रिया समेत भयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell