PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

धम्की नै दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ: प्रचण्ड 



पहिलोपोस्ट

धम्की नै दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ: प्रचण्ड 

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताएका छन्।

“निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ,” प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउनुहुँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्ने समेत बताए। उनले भने, “सबैमा अपील गर्न चाहन्छु, तपाईहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं।” 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell