PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

अन्तर्राष्ट्रिय महिला भलिबल : सेमिफाइनलमा एपीएफले पुलिस तथा न्यू डायमण्डले इफाटसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय महिला भलिबल : सेमिफाइनलमा एपीएफले पुलिस तथा न्यू डायमण्डले इफाटसँग प्रतिस्पर्धा गर्ने

नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ।

शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ए को विजेताको हैसियतमा सेमिफाइनलमा स्थान बनाएको छ। वुमन अफ दी म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबमाथी २५–१२,२५–१४, २५–९ को सहज जित निकाल्यो।

आयोजक लिग चरणको पहिलो खेलमा बंगलादेशको इफाटसँग पराजित भएको थियो। समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले पनि सेमिफाइनलमा स्थान बनाएको छ।

नेपालगन्ज कभर्डहलमा भएको अन्तिम लिग खेलमा शिवम् न्यू डायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ। क्विइक स्पाईकर ललिता नाथ वुमन अफ दि म्याच बनेको खेलमा न्यू डायमण्डले देहरादुन स्पोर्टस् क्लबलाई २५–८,२५–९, २५–४ को सेटमा हरायो। पहिलो खेलमा नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपविजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको छ।

आइतवार हुने सेमिफाइनल खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यू डायमण्ड र पाहुना टिम इफाटबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell