PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

खुकुरी च्यालेन्जर टी-२० : केसीटिसीलाई हराउँदै बालुवाटारले क्रिकेट क्लबले जित्यो उपाधि



पहिलोपोस्ट

खुकुरी च्यालेन्जर टी-२० : केसीटिसीलाई हराउँदै बालुवाटारले क्रिकेट क्लबले जित्यो उपाधि
च्याम्पियन बालुवाटार क्रिकेट क्लब ट्रफीका साथ

काठमाडौं : बालुवाटार क्रिकेट क्लबले खुकुरी टी-२० च्यालेन्जरको उपाधि जितेको छ। शनिवार कीर्तपुरस्थित टीयू मैदानमा भएको फाइनलमा केसीटिसीलाई ८ रनले पराजित गर्दै बालुवाटार क्लब च्याम्पियन बनेको हो।

बालुवाटारले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। जवाफमा केसीटिसीले ६ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

बालुवाटारका लागि अमर सिंह राउटेलाले सर्वाधिक ३३ रन बनाए भने प्रनित थापा मगरले २७ रन जोडे। यस्तै कप्तान पृथु बास्कोटाले २५ तथा सोनु तामाङले २३ रन बनाए।

बलिङमा केसीटिसीका सुमित झाले ३ तथा सन्जय बस्नेतले २ विकेट लिए।

यसैगरी केसीटिसीका लागि आदिल खानले सर्वाधिक ३२ तथा दुर्गेश थापाले १९ रन बनाए। यस्तै सुमित महर्जनले १९ तथा विवेक थापा मगरले १७ रन जोडे।

बलिङमा बालुवाटारका अभिनास बस्यालले ३ विकेट लिए। अभिनास खेलको म्यान अफ दि म्याच समेत घोषित भए।

च्याम्पियन बालुवाटार क्रिकेट क्लबले नगद ३ लाख रुपैयाँ र ट्रफी हात पार्दा उपविजेता केसीटिसीले एक लाख र ट्रफी प्राप्त गर्‍यो।

यसैगरी च्याम्पियन बालुवाटारका क्षितिज सिंह म्यान अफ दि सिरिज घोषित भए। उनले नगद २० हजार ट्रफी पाए। ७ खेल खेल्दै क्षितिजले प्रतियोगितामा सर्वाधिक १२ विकेट लिएका थिए।

म्यान अफ दि सिरिज : क्षितिज सिंह

टिकापुर क्रिकेट क्लबका रविन्द्र जंग शाही बेस्ट ब्याट्सम्यान तथा त्रिभुवन आर्मीका अभिनास बोहरा बेस्ट बलर घोषित भए। प्रतियोगितामा ४ खेल मात्र खेलेका रविन्द्रले ३ अर्धशतक सहित सर्वाधिक २५८ रन बनाएका थिए।

जिएचसिएका सागर ढकाल इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट घोषित भए। अभिनास र सागरले १०-१० विकेट लिएका थिए।

व्यक्तिगत उत्कृष्ट तिन खेलाडीले नगद १०-१० हजार हात पारे।

प्रतियोगिताको विजेता टोली तथा खेलाडीलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधव कुमार नेपालले पुरस्कार वितरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell