PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

होम एण्ड अवे बास्केटबल लिग : आर्मीको विजयी सुरुवात



पहिलोपोस्ट

काठमाडौं : क्विक्स होम एण्ड अवे बास्केटबल लिगमा विभागीय टोली त्रिभचुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। शनिवार भएको उद्घाटन खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई ८७-७३ अंकले पराजित गर्‍यो।

राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले पहिलो क्वाटर २४-११ र दोस्रो क्वाटर १९-१७ ले जितेको थियो। तेस्रो सेट विशाल मिलन केन्द्रले २५-१६ ले जित्दै आर्मीको अग्रतालाई ५९-५३ मा झारेको थियो। तर अन्तिम क्वटर २८-२० ले जित्दै आर्मीले सहज जित हात पारेको हो।

आर्मीको जितमा विनोद महर्जनले सर्वाधिक २४ अंक स्कोर गरे। सदिस प्रधानले १६ तथा रविन खत्रीले १४ अंक स्कोर गरे। विशाल केन्द्रका विकास गुरुङले २२ अंक स्कोर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell