
काठमाडौं: प्रदेश ७ को मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ लिएका छन्। फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज शपथ लिएका हुन्।
प्रदेश प्रमुख मोहनराज मल्लले उनलाई शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्रीको शपथ ग्रहणपछि मल्लले मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्।
मुख्यमन्त्री भट्टसहित ६ जना मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन्। एमालेबाट चार र माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ गरी ७ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ।
प्रदेशको गृह मन्त्रालय मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय एमालेको भागमा परेको छ।
यी हुन प्रदेश ७ का मन्त्री
१। मुख्यमन्त्रीः त्रिलोचन भट्ट
२। आन्तरिक मामिला तथा कानुन मन्त्री: प्रकाश शाह
३। भौतिक पूर्वाधार मन्त्री: पठानसिंह बोहरा
४। सामाजिक विकास मन्त्री: दिर्घ सोडारी
५।आर्थिक तथा योजना मन्त्री: झपट बोहरा
६।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री: माया भट्ट
७। भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री: बिनिता चौधरी