PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

टिम अफ दि डिभिजन टू मा नेपालबाट कप्तान पारस र सन्दीप, अरु को-को परे?



पहिलोपोस्ट

टिम अफ दि डिभिजन टू मा नेपालबाट कप्तान पारस र सन्दीप, अरु को-को परे?

काठमाडौं : नामिबियामा बिहीवार सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को टिम अफ दि टुर्नामेन्ट सार्वजनिक भएको छ। इएसपीएन क्रिकइन्फोका पिटर डेला पेनाले तयार पारेको उक्त टिममा नेपालका कप्तान पारस खड्का र सन्दीप लामिछाने परेका छन्।

पारसले प्रतियोगितामा १ शतकसहित सर्वाधिक २४१ रन बनाएका थिए। यसैगरी सन्दीपले ओमानका बिलाल खानसँगै सर्वाधिक १७ विकेट लिएका थिए।

पेनाले प्रतियोगिभार नामिबिया रहेर रिपोर्टिङ गरेका थिए। उनले तयार पारेको टिममा क्यानडाका ४, नामिबिया, नेपाल र ओमानको २-२ तथा युएईबाट १ खेलाडी परेका छन्।

 

यस्तो छ टिम अफ दि टुर्नामेन्ट

रोहन मुस्ताफा (युएई) : १८३ रन / १३ विकेट

रुभिन्दु गषुनसेकरा (क्यानडा) : २१६ रन

पारस खड्का, कप्तान (नेपाल) : २४१ रन / ३ विकेट

नितिश कुमार (क्यानडा) : २०६ रन

क्रेग विलियम्स (नामिबिया) : २२५ रन / ९ विकेट

जेरहार्ड एरासमस (नामिबिया) : २२९ रन

हम्जा तारिक, विकेटकिपर (क्यानडा) : ७७ रन

निखिल दत्त (क्यानडा) : ११ विकेट

बिलाल खान (ओमान) : १७ विकेट

कमिलउल्लाह (ओमान) : १० विकेट

सन्दीप लामिछाने (नेपाल) : १७ विकेट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell