PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रधानमन्त्री ओली बालकोटबाट बालुवाटार सर्दै



पहिलोपोस्ट

प्रधानमन्त्री ओली बालकोटबाट बालुवाटार सर्दै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आईतबार बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री भएको चार दिनपछि ओली बालुवाटार सर्न लागेका हुन्। 
ओलीका प्रेस संयोजक चेतन अधिकारीले आईतबार ४ बजे प्रधानमन्त्री ओली बालुवाटार सर्ने बताए। 

‘आन्तरिक तयारी सकिसक्यो। प्रधानमन्त्री ओली बालुवाटारमा भोली सर्दै हुनुहुन्छ,’ प्रेस संयोजक अधिकारीले भने। 

ओलीले बिहिबार प्रधानमन्त्रीको शपथ गरेका थिए। शपथपछि पनि ओली आफ्नै निवास बालकोटमा बस्दै आएका छन्। 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकारी निवास बालुवाटार छाडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell