.jpg)
पोखरा : पोखरामा फागुन ७ गते आयोजना हुने ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को सम्पूर्ण तयारी पुराभएको छ।
प्रतियोगितामा तीन हजार भन्दा बढी पोखरेलीहरु ‘रन फर फनका’ लागि सहभागि हुने आयोजकाले जानकारी दिएको छ। प्रतियोगिता पोखरा रंगशालामा सुरु हुनेछ।
प्रतियोगिताबारे जानकारी दिंदै आयोजक भूतपुर्ब खेलाडी मंच नेपालका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबार सम्म नाम दर्ता गराइसकेको बताए। यसै गरि ४ सय मीटर ह्विल चेयर पुरुष, १ ससय मी. ह्विल चेयर महिला र १ सय मी. दृष्टिविहिन दौडको दर्ता कार्य पनि जारी रहेको उनल बताए।
अध्यक्ष गुरुङले पर्यटकीय नगरी पोखरालाई खेलकुदको माध्यमबाट विश्व सामु चिनाउन र खेलकुद मार्फत पर्यटन प्रवर्धन गर्न एक दिने प्रतियोगिताको आयोजना गरिएको बताए। ‘खेलकुदको मध्यमबाट पोखरालाई विश्वसामु चिनाउने र आन्तरिक तथा बाह्यि पर्यटकको प्रबर्धन गर्नु हाम्रो मुख्य उदेस्य हो’ उनले भने। ‘बेलामौकामा आयोजना हुने यस्ता कार्यक्रमहरुले पोखराको पर्यटक प्रवद्र्धनमा सघाउ पुर्याउछ।’
पोखरा लेखनाथ महानगर पालिकाका मेयर मान बहादुर जिशीले प्रतियोगितालाई व्यवस्थित बनाउन योजनाबद्धरुपमा कार्य गर्ने बताए। ‘महानगरले महत्वका साथ यसलाई वार्षिक क्यालेण्डरमा राखेर कार्ययोजना अगाडी बढाउने छ’ उनले भने। ‘पोखरा म्याराथनलाई अन्तराष्ट्रिय स्तरको बनाउन संबेदनशिल ढङले सोच्नेछौ।’
पोखरा रंगशालाबाट सुरु हुने ४२.१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, चाउथे डि.आर पेट्रोलपम्प, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट हुदै रंगशालामा पुगेर समापन हुनेछ।
यसै गरि १० किलोमिटरको दौड पोखरा रंगशालाबाट सुरु भई विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, जिरो किमी, पृथ्वीचोक हुँदै रंगशालामा पुगेर समापन हुनेछ भने ५ किमी. दौड रंगशालाबाट सुरुभई पृथ्वीचोक, एअरपोर्ट रत्नचोक, सृजनाचोक, सभागृहचोक, पृथ्वीचोक, रंगशालागेट हुँदै रंगशालामा समापन हुनेछ।
पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगर पालिका रहेको छ भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका छन्।
फागुन ७ गते बिहान ६ बजे सुरु हुने पोखरा म्याराथनमा प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गर्ने छन। १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गर्ने छन्। यसै गरि ५ किलोमिटर छात्र–छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मंचले जनाएको छ। प्रतियोगितामा ४ सय मीटर ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमश नगद ५, ३ र २ हजार पाउने छन्।