
स्पानिस ला लिगामा शनिवार बार्सिलोनाले आइबरलाई २-० ले पराजित गरेको छ। दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको आइबर विरुद्ध लिग लिडर बार्सिलोनालाई जित दिलाउन लुइस सुवारेजले १६औँ तथा जोर्डी अल्वाले ८८औँ मिनेटमा गोल गरे।
६६औँ मिनेटमा पाबियन ओरेलाना दोहोरो पहेँलो कार्ड खादै मान बाहिरिएपछि आइबर दश खेलाडिमा झरेको थियो।
जितपछि २४ खेलबाट ६२ अंक अंक जोडेको लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको माथि १० अंकको अग्रता कायम गरेको छ। एक खेल कम खेलेको एथ्लेटिकोको ५२ अंक छ।