PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

रोहित चन्दको टिम पर्सिजा प्रेसिडेन्ट कप च्याम्पियन



पहिलोपोस्ट

रोहित चन्दको टिम पर्सिजा प्रेसिडेन्ट कप च्याम्पियन

काठमाडौ : नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दको टोली पर्सिजा जाकार्तले इन्डोनेसियन प्रेसिडेन्ट कपको उपाधि जितेको छ।

शनिवार जाकार्तामा भएको फाइनलमा बाली युनाइटेडलाई ३–० ले पराजित गर्दै पर्सिजा पहिलोपल्ट प्रेसिडेन्ट कप च्याम्पियन बनेको हो।

पर्सिजाको जितमा क्रोएसियन फरवार्ड मार्को सिमिचले २ गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका रोहितको पासमा सिमिचले व्यक्तिगत दोस्रो तथा पर्सिजाको लागि तेस्रो गोल गरे।

सिमिचले २०औँ र पहिलो हाफको इन्जुरि टाइममा गोल गरे। तेस्रो गोल नोभ्रि सेतिअवानले ६२औ मिनेटमा गरे।

पहिलो रोजाईमा खेलेका रोहित ८६ मिनेट मेदान बिताएका थिए। पर्सिजाले समूह चरणमा बाली युनाइटेडसँग ३-२ को हार बेहोरेको थियो र फाइनलमा त्यसको बदला लिदै उपाधि जित्न सफल भयो।

इनडोनेसियन इन्टर आइल्याण्ड कपको नाममा सन् २०१० बाट सुरु भएको प्रतियोगितालाई सन् २०१५ रिप्लेस गर्दै प्रेसिडेन्ट कप हुन थालेको हो। २०१५ मा पर्सिब बान्दुङ र २०१६ मा अरेमा एफसीले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell