
रोमेलु लुकाकुको दुई गोल मद्दतमा हडर्शफिल्ट टाउनलाई २-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा परवेश गरेको छ। गएराती भएको खेलमा युनाइटेडलाई जित दिलाउन लुकाकुले दुवै हाफमा एक एक गोल गरे।
खेलको तेस्रो मिनेटमै लुकाकुले हुवाँन माटाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ सकिन अघि माटाले गोल गरेपनि भिडियो असिसट्यान्ट रेफ्री (भिएआर) ले त्यसलाई मान्यता दिएन । तर ५३औँ मिनेटमा लुकाकुले दोस्रो गोल गर्दै युनाइटेडलाई जित दिलाए।
युनाइटेडले अब क्वाटरफाइनलमा ब्राइटनसँग घरेलु मैदान ओल्ड ट्राफोर्डमा प्रतिस्पर्धा गर्नेछ।
ब्राइटन कोभेन्ट्री सिटीलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।
यसैगरी वेष्टब्रोमलाई २-१ ले पराजित गर्दै साउथह्याम्पटन पनि क्वाटरफाइनलमा पुगेको छ। साउथह्याम्पटनले अब क्वाटरफाइनलमा म्यानचेष्टर सिटी र विगान एथ्लेटिकको विजेतासँग खेल्नेछ।
गएरातीको खेल गोलरहित बराबरीमा रोकिएपछि स्वान्सी सिटी र शेफिल्ड वेनस्डेले रिप्ले म्याच खेल्नुपर्ने भएको छ। यो खेलको विजेता टोटनहम र रोचडालेको विजेतासँग खेल्नेछ।
अर्को कवाटरफाइनल चेल्सी र लेस्टर सिटीबीच हुनेछ।