PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

सडक दुर्घटनामा तीनको मृत्यु



रासस

सडक दुर्घटनामा तीनको मृत्यु

मकवानपुरः हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको मृत्यु भएको छ। 

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना ३ त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना ४५ प ३८२६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका-८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका-११ का २० वर्षीय माया क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

त्यस्तै हटौँडा-१४ पदम पोखरीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ६ त ३४१३ नम्बरको ट्याक्टर स्थानीय कुखरेनी खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ट्याक्टरका सहचालक हेटौँडा-१४ का २९ वर्षीय सोमबहादुर लामा मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपति नगरलेले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell