PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फिल्म ‘शत्रु गते’ पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहको लुक्स



पहिलोपोस्ट

फिल्म ‘शत्रु गते’ पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहको लुक्स

काठमाडौं: फिल्म ’शत्रु गते’ को पोस्टरहरु सार्वजनिक भएको छ। फिल्म रिलिजको लागि एक महिनाको बाँकी रहँदा निर्माण युनिटले एकसाथ ४ पोस्टर रिलिज गरेको हो। प्रचार सामाग्रीको रुपमा सार्वजनिक पोस्टरमा हरिवंश आचार्यदेखि पल शाहसम्मको लुक्स समावेश छ।

पल शाह र आँचल शर्माको जोडी, दीपकराज गिरी र प्रियंका कार्की र हरिवंश आचार्य र दीपाश्री निरौलाको रिल जोडी फिचर्ड छन्। 



फिल्मका निर्देशक प्रदिप भट्टराईले प्रचार प्रसारको लागि टिजरको हल रिलिजपछि सामाजिक सञ्जाल केन्द्रित भएर पोस्टर बनाएको
बताए। श्रीधर पौडेलको फोटोग्राफी रहेको पोस्टरहरुलाई टौवा क्रिएसनका लागि विजय बस्याल र शान थापाले तयार गरेका हुन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल लगायतको पनि अभिनय रहेको छ। फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। शत्रु गतेको कथा हरिवंश आचार्य र प्रदिप भट्टराईले लेखेका हुन्।

फिल्म चैत ९ मा रिलिज हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell