PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

हजार वर्ष पुरानो गुम्बामा अागलागी



पहिलोपोस्ट

हजार वर्ष पुरानो गुम्बामा अागलागी

बेइजिङः तिब्बतको एक हजार वर्ष पुरानो बौद्ध गुम्वामा अागलागी भएको छ। तिब्बतको ल्हासामा रहेको जोखाङ गुम्बामा शनिबार अबेर अागलागी भएको बीबीसीले जनाएको छ। अागलागीबाट मानवीय क्षति भने भएको छैन। 

चिनियाँ सरकारी मिडियाले शनिबार भएको अागलागी तत्काल नियन्त्रणमा अाएको र क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ। 

एक हजार वर्ष पुरानो प्राचीन गुम्बा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ। अागलागीका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। तर चिनियाँ प्रशासनले ती दृश्यलार्इ तत्काल रोकेको थियो। 

तिब्बतीहरूले परम्परागत नयाँ वर्ष ल्होसार मनाइरहँदा अागलागी भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell