PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

लागुऔषधसहित सप्तरीमा तीन जना पक्राउ



पहिलोपोस्ट

लागुऔषधसहित सप्तरीमा तीन जना पक्राउ

सप्तरीः प्रहरीले जिल्लाको छिन्नमस्ताबाट लागुऔषधसहित तीन जनालार्इ पक्राउ गरेको छ।

स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०-२० एम्पुल तथा गाँजा २५ ग्राम सहति छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवारलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने सिंहले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell