PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दीपेन्द्र झा सिफारिस  



पहिलोपोस्ट

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दीपेन्द्र झा सिफारिस  
तस्विर : झाको फेसबुकबाट

काठमाडौं: प्रदेश २ को सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता दीपेन्द्र झालाई सिफारिस गरेको छ। संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तालाई नियुक्त गर्ने गर्नेछन्। 

महान्यायाधिवक्ताको मातहतमा रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार रहनेछन्। 

शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले झालाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेको हो। संविधानको धारा १६० मा मुख्य न्यायाधिवक्ता नियुक्त सम्बन्धी प्रावधान रहेको छ। जसअनुसार प्रत्येक प्रदेशमा प्रदेश सरकारले एक जना मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सक्छ। 

मुख्य न्यायाधिवक्ताको सेवा सुविधा उच्च अदालतको न्यायाधीश सरह रहेको छ। शनिबार सिफारिस भएका झालाई आइतबार औपचारिक पत्र प्रदान गरिएको छ। झाका अनुसार सोमबार जनकपुरधाममा शपथग्रहण कार्यक्रम रहेको छ।

झा यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राष्ट्रियसभामा सदस्य उम्मेदवारको  चर्चामा थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell