काठमाडौं: गायक जितेन लेप्चाको नयाँ गीत 'भन्नु पर्दा' रिलिज भयो। गीत म्युजिक भिडियोसहित युट्युब रिलिज भएको हो। भिडियोमा दीपक बिक र अञ्जु चौंलागाईको फिचरिङ रहेको छ।
गीतको भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् भने मिलन शंखरले खिचेका हुन्।
कुमार दुलालले लेखेको गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन्। संगीत संयोजन फणिन्द्र राईको रहेको छ।
भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन्।