PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

गीति एल्बम ‘हाम्रो मुस्ताङ’ सार्वजनिक



पहिलोपोस्ट

गीति एल्बम ‘हाम्रो मुस्ताङ’ सार्वजनिक

काठमाडौं: गीति एल्बम ‘हाम्रो मुस्ताङ’ काठमाडौंमा विमोचन गरिएको छ।  मुस्ताङको पर्यटकीय उत्थानलाई केन्द्रमा राख्दै तयार गरिएको एल्बमलाई प्रतिनिधि सभाका सांसद रविन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, एल्बमका गीतकार बिपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीसहितले एल्बम लोकार्पण गरेका हुन्।

समारोहमा ‘हाम्रो मुस्ताङ’ बोलको गीतको म्युजिक भिडियो प्रिमियर समेत गरियो। उक्त गीतमा गायिका टीका प्रसाईंको स्वर छ। सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको उक्त भिडियोका परिकल्पनाकार बादल थकाली हुन्।

मुस्ताङको प्रचार–प्रसार गर्ने उदेश्यले तयार पारिएको उक्त गीति एल्बममा सातवटा गीत समावेश छन्। एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङका स्वरहरु सुन्न सकिन्छ। एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ। एल्बमका गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिए बताइयो।

विमोचन समारोहमा युवा नेता रविन्द्र अधिकारीले गीत–संगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य राखिएकोमा खुशी व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell