PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गोप्य भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्ड



पहिलोपोस्ट

गोप्य भेटवार्तामा प्रधानमन्त्री ओली र प्रचण्ड

काठमाडौं: एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोप्य भेटवार्तामा छन्।
 
मन्त्रीमण्डल बिस्तार र पार्टी एकतालाई निष्र्कषमा पुर्याउन उनीहरु भेटर्वातामा जुटेका हुन्। भक्तपुर उनीहरुबीच भेटवार्ता चलिरहेको एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार आज मन्त्रीमण्डललाई पूर्णता दिने तयारी छ। पार्टी एकतालाई पनि आजै निष्कर्षमा पुर्याउन सहमति खोजिने छ। 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र मन्त्रीमण्डल विस्तार लगायतका सबै विषयलाई प्याकेजमै सहमति खोजिने बताउँदै आएका छन्। 

केन्द्रका अध्यक्ष प्रचण्ड आजै माओवादी केन्द्रको संसदीय दलको नेतामा चयन भएका छन्। यता प्रधानमन्त्री ओली बालुवाटार सर्ने तयारीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell