
काठमाडौं: कौन बनेगा करोडपतिको नेपाली संस्करण सञ्चालन हुने भएको छ। कार्यक्रम 'को बन्छ करोडपति' सुरु हुन लागेको हो। कार्यक्रमलाई अभिनेता राजेश हमालले सञ्चालन गर्ने बताइएको छ।
एपीवान टेलिभिजनले एसआरबीएन मिडियाको सहप्रायोजनमा ‘को बन्छ करोडपति’ कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमका लागि दर्ता खुला भएपछि ‘आइभीआर’ तथा ‘एसएमएस’ द्वारा प्रतियोगीहरू छानिनेछन्। तीमध्ये १० जना फास्टेड फिंगरका लागि चुनिनेछन् र यसरी छानिएका १० जना कार्यक्रममा सहभागी भएर ‘को बन्छ करोडपति’ को हट सिटका लागि प्रतिस्पर्धा गर्नेछन्। र प्रश्नको जवाफ सबैभन्दा छिटो मिलाउने एकजना हट सिटमा पुग्नेछन्।
कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।
बेलायतको ‘हु वान्टस् टु बी अ मिलिनिअर’ को आधिकारिक लाइसेन्स प्राप्त ‘केबीसी’ एपीवान टेलिभिजनले प्रसारण गर्न लागेको हो।