PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भूकम्पबाट बच्न भागेका १३ जनाको मन्त्री सवार हेलिकप्टर खस्दा मृत्यु



पहिलोपोस्ट

भूकम्पबाट बच्न भागेका १३ जनाको मन्त्री सवार हेलिकप्टर खस्दा मृत्यु
Photo: AP

मेक्सिको: मेक्सिकोमा गत शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गयो। भूकम्पबाट बच्न धेरैको भागभाग चल्यो।

भूकम्पछि धेरै परकम्प पनि गइरह्यो। जसले गर्दा मानिसहरुको भागभाग चलिरह्यो।

सोही क्रममा संघीय आन्तरिक मामिला मन्त्री अल्फान्सो नाभार्रेटे र ओक्साआकाका गभर्नर अलजान्ड्रो मुरटलगायको टोली भूकम्पले गरेको क्षतिबारे अवलोकन गर्न हेलिकप्टर लिएर उड्यो।
 
उक्त हेलिकप्टर ओक्साका राज्यको सान्टियागो जमिटेपेक भन्ने स्थानमा अवतरणको क्रममा दुर्घटना हुँदा १३ जनाको मृत्यु भयो भने १५ जना घाइते भए। मन्त्री र गभर्नर भने घाइते छन्।

घटनामा परी पाँच महिला, चार पुरुष र ३ बालबालिकाको घटनास्थलमै र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।

भूकम्पपछि ज्यान जोगाउन खुला ठाउँमा बसेकाहरुमाथि हेलिकप्टर खस्दा उनीहरुको ज्यान गएको टेलिग्राफ अनलाइनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell