PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

डीपिएललाई श्री एअरलाइन्सको साथ



पहिलोपोस्ट

डीपिएललाई श्री एअरलाइन्सको साथ

काठमाडौं : अर्को महिना हुने धनगढी प्रिमियर लिग (डीपिएल)को अफिसियल एअरलाइन्स पार्टरमा श्री एअरलाइन्स जोडिएको छ।

आइतवार डीपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एअरलाइन्सबीच सम्झौता भएको हो। सम्झौतामा आयोजकको तर्फबाट अध्यक्ष सुबास शाही र श्री एअरलाइन्सका अपरेसन डिरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरे।

सम्झौतापछि श्री एअरलाइन्सले डीपिएललाई नगद १० हजार बराबरको सहयोग गर्नेछ। डिसिएका अध्यक्ष शाहीका अनुसार साढे ७ लाख नगद र बाँकी रकम अन्य प्रमोसन गतिविधिमा सहयोग गरिने बताए।

शाहली टुर्नामेन्टको बजेट धेरै भएका कारण पार्टनरहरु आउने क्रम जारी रहेको र सबैसँग सम्झौता गर्दै जाने बताए। 'श्री एअरलाइन्सको नारा छ फ्लाई द न्यु हाई। त्यसैगरी अब श्री एअरलाइन्सले डीपिएललाई पनि नयाँ उचाईमा उडाउनेछ।' शाहीले भने।

उनले सानो रुपमा सुरु गरेको एसपीए कप अहिले डीपिएसम्म आइपुगेको र अझ धेरै गर्न बाँकी रहेको बताए। '८ वर्षअघि एसपीए कपको नामबाट हामीले प्रतियोगिता सुरु गरेका थियौँ। त्यतिखेल एउटा लेभलमा पुर्‍याउने भनेका थियौँ। तर जति गर्दै गयो उती नयाँ लेभल आउँदो रहेछ। अझै धेरै गर्न बाँकी छ। नथिङ इज इम्पोसिबल। नेपाली क्रिकेटको भविष्य राम्रो छ।'

यस्तै श्री एअरलाइन्सका अपरेसनल डिरेक्टर गिरीले क्रिकेट खेलाडीहरुले पछिल्लो समय गौरव बढाउने काम गरेको बताउँदै डीपिएलसँग जोडिन पाउँदा खुशी लागेको भन्दै सफलताको शुभकामना दिए। यसैगरी क्रिकेट खेलाडी समेत रहेका श्री एअरलाइन्सका क्याप्टेन प्रफुल्ल वैद्यले यस सम्झौताले क्रिकेट र कम्पनी दुवैलाई फाइदा पुग्ने बताए।

डीपिएल-२ मा विभिन्न ६ शहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। विजेताले नगद २५ लाख पुरस्कार हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ। यस्तै तेस्रोले ३ लाख तथा चौथोले २ लाख पाउनेछ। चैत १७ गतेबाट धनगढीमा हुने डीपिएलमा टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्र नगरद युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

म्यान अफ दि सिरिजले अपाचे १८० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ।

डीपिएलको अक्सन आगामी बुधबार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell