PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आइ लिग : विमलको क्लब मोहन बगान विजयी



पहिलोपोस्ट

आइ लिग : विमलको क्लब मोहन बगान विजयी

काठमाडौं : भारतीय आइलिग अन्तर्गत आइतवार भएको खेलमा नेपाली फुटबलर विमल घर्ती मगरको टोली मोहन बगान विजयी भएको छ।

शीर्ष स्थानको नेरोका एफसीलाई ३-२ ले पराजित गरेको खेलमा विमलले भने मोहन बगानका लागि खेल्ने अवसर पाएनन्। उनी वैकल्पिकको लिस्टमा रहेपनि मैदान प्रवेश गरेनन्।

कोलकताको क्लबका लागि दिपन्दा डिकाले २ तथा अक्रम मोघरविले १ गोल गरेर। नेरोकाका लागि सुवास सिंह र फेलिक्स चिदीले गोल गरे। पाँचै गोल पहिलो हाफमा भएको थियो।

जितपछि १५ खेलबाट २४ अंक जोडेको मोहन बगान चौथो स्थानमा यथावत छ। हारका बावजुत पनि १७ खेलबाट ३१ अंक रहेको नेरोका शीर्ष स्थानमा छ।

अर्का नेपाली खेलाडी किरण चेम्जोङको टिम मिनेर्भा पञ्जाव १४ खेलबाट २९ अंकका साथ दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell