PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड र एपीएफ उपाधिका लागि भिड्ने

नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ।

आइतवार भएको सेमिफाइनलमा जित हात पार्दै दुई चिरपरिचित प्रतिद्वन्दी न्यू डायमण्ड र एपीएफले फाइनल भिडन्त पक्का गरेका हुन्।

नेपालगन्ज कभर्डहलमा भएको सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा पराजित गरेका हुन्।

न्यू डायमण्डले बंगलादेशको इफाट ग्रुपमाथी २५–६, २५–६, २५–८ को सहज जित निकाल्यो। न्यू डायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ 'वुमन अफ द म्याच' घोषित भइन्।

नेपाली महिला भलिबलमा महत्वपूर्ण स्पाईकरको रुपमा लामो समय देखि खेल्दै आएकी मन्जु न्यू डायमण्डको दोश्रो ओपन स्पाईकरको भूमिकामा छिन्। सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी गुरुङले भनिन्, 'मलाई कुमार गुरुले आफ्नो टिमको सदस्य बनेर खेल्न अनुरोध गर्नुभयो। आफ्नै भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिस गर्न चाहान्नथे, त्यसैले न्यू डायमण्डको सदस्य बनेर खेलेकी हु। म पश्चिमाञ्चलको कप्तान हुँ, आफु सँधै पश्चिमाञ्चलबाटै खेल्न रमाउछु। हाम्रो टिमका महत्वपूर्ण सदस्य अरुणा शाही, ममता डगौरा चोटका कारण टिमले सहभागिता जनाउन सकेन। अर्को प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गदै कोर्टमा उत्रिन आतुर छु।'

यसैगरी विभागीय भिडन्तमा एपीएफले नेपाल पुलिसलाई २५–९, २५–१९, २५–२१ ले हरायो। खेलमा एपीएफकी सरस्वती चौधरी 'वुमन अफ द म्याच' घोषित भइन्।

बाँके जिल्ला भलिबल संघले आयोजना संचालन भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell