PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

एसएसपी विश्वराज पोखरेलको निर्देशन : हाकिमले 'अवैध काम गर' भने नटेर



पहिलोपोस्ट

एसएसपी विश्वराज पोखरेलको निर्देशन : हाकिमले 'अवैध काम गर' भने नटेर
एसएपी विश्वराज पोखरेल

काठमाडौं : काठमाडौंमा कार्यरत सादा पोशाकका प्रहरी (सिभिल प्रहरी)लाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले कडा निर्देशन दिएका छन्। 

पछिल्लो समय सिभिल प्रहरीको अवैध कारोबारमा संलग्नता बढ्दै गएको तथ्य बाहिरिएपछि केही दिन अघिमात्र सरुवा भएर ल्याइएका पोखरेलले 'अवैध गतिविधिमा लागेको थाहा पाए कडा कारबाही गर्ने' चेतावनी दिएका हुन्। एसएसपी पोखरेलले सिभिल प्रहरीलाई निर्देशन दिँदै भने, 'तपाईँका हाकिमले अवैध कारोवार, अर्थिक कारोबार गर भन्छन् भने त्यसको प्रतिकार गर्नुहोस्। सिधै मलाई आएर भन्नुस् म कारबाही गर्छु।'

काठमाडौं परिसरको मातहतमा ३५ देखि ४० जना सिभिल प्रहरी कार्यारत छन्। पछिल्लो समय प्रहरीले हतियार देखाएर र प्रहरीको नाम बेचेर पैसा उठाउने गरेको घटना बढ्दै गएका कारण उनले कडा चेतावनी दिएका हुन्। एसएसपी पोखरेल प्रहरी संगठनको नाम नै धमिल्याउनेलाई नछाड्ने दावी गरे। उनले भने, 'बर्दी र हतियारको भरमा पूरै संगठनको शिर झुकाउन कसैलाई पनि छुट हुँदैन।' 

केही दिन अघि मात्र डिस्कोमा पेस्तोल देखाइ रकम असुल्ने प्रहरी नायव निरीक्षक (सई) राजकुमार श्रेष्ठलाई निलम्बित गरेको उनले बताए।
काठमाडौंमा जवानदेखि सइसम्स ४० जना सिभिल प्रहरी रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell