PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

जब प्रहरी कार्यालयमै युवतीको मोबाइल हरायो



पहिलोपोस्ट

जब प्रहरी कार्यालयमै युवतीको मोबाइल हरायो

काठमाडौं : आइतवार मध्यान्नतिर एक युवती हतास अनुहारमा महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन्। उनी यसरी पुग्नुको कारण थियो - हराएको मोबाइल।

उनी सरासर प्रहरीको हराएको मोबाइल खोजतलास गर्ने शाखामा गएर 'मोबाइल हराएको निवेदन' दिइन्। यतिन्जेलसम्म त सामान्य नै थियो। 

तर, जब युवतीले मोबाइल कहाँ कसरी हरायो भन्ने जानकारी दिइन् प्रहरी नै अचम्ममा परे। उनले प्रहरी परिसर टेकुमा नै हराएको दावी गरिन्। भित्रै हराएको भनेपछि प्रहरीभित्र खैलाबैला भयो।

एक प्रहरी अधिकृतले प्रहरी कर्मचारीलाई बोलाएर परिसरका कसैले मोबाइल भेटेको छ भने सोध्न अह्राए। मोबाइल भेटिएको जानकारी आएन।

कसरी हरायो त परिसरमा नै मोबाइल?

शनिवार दिउँसो ४ बजेतिर मोबाइल हराएको युवतीले सुनाइन्। शनिवार वैदेशिक रोजगारीमा भएको ठगीका पीडित ती युवती उजुरी दिन प्रहरीकोमा पुगेकी थिइन्। 

उनले भनिन्, '१३ नम्बर कोठा पुगेर बुझेँ, त्यहाँबाट पाँच नम्बर कोठमा जाउ भन्नुभयो। म पाँच नम्बर कोठसम्म जाँदैगर्दा घरबाट फोन आयो। म बोल्दै गएको थिएँ।' 

पाँच नम्बर कोठाबाट काम सकाएर स्कुटर लिएर कोठामा फर्केको उनको दावी छ। कोठामा पुगेर हेर्दा मोबाइल थिएन। त्यसैले आइतवार उनी त्यही मोबाइल हराएको भन्दै उजुरी दिन पुगिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell