PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

'मिस नेपाल इन्टरनेशनल २०१२'को पनि अब फिल्म डेब्यु



पहिलोपोस्ट

'मिस नेपाल इन्टरनेशनल २०१२'को पनि अब फिल्म डेब्यु

काठमाडौं:  फिल्म ‘रणवीर’मार्फत मिस नेपाल इन्टरनेसनल २०१२ ले डेब्यु गर्ने भएकी छिन्। आइतबार फिल्मको औपचारिक घोषणा भयो। फिल्ममा मिस नेपाल इन्टरनेसनल २०१२ सुभेच्छा खड्कासँगै सुशील सिटौला र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहने छ।   

सुभेच्छाले धेरै फिल्म अस्विकार गरेपछि रणवीरमार्फत डेब्यु गर्न उचित रहने महसुस गरेको बताइन्। 'नेपाली फिल्मको बढ्दो क्रेज र यो फिल्मको स्क्रिप्टले आकर्षित गरेको हो', उनले भनिन्,'पहिले त फिल्ममा काम गर्नु हुँदैन भन्ने लागेको थियो।' 

प्राय सौन्दर्य प्रतियोगिता विजेताहरु उपाधी जितेको केही समयमै फिल्म तथा फेसन क्षेत्रमा लाग्ने भएपनि सुभेच्छाले केही ग्याप लिइन्। मेलिना जोशी, सृष्टि श्रेष्ठ, झरना बज्राचार्य, माल्विका सुब्बा, ऋचा शर्मा, उषा खड्की लगायत सौन्दर्य प्रतियोगिताबाट आएका केही फिल्म क्षेत्रमा सक्रिय छन्।

उसो त मिस नेपाल २०१७ की मिस नेपाल नीकिता चाण्डक पनि नेपाली फिल्ममा अभिनय गर्न चाहेको बताउँदै आएकी छिन्।

सुभेच्छा खड्काको अभिनय रहने रणवीर युनिट फागुन ७ बाट फिल्म छायाँकनका लागि फ्लोरमा उत्रने बताइएको छ। एक्सन, कमेडी र रोमान्सको समिश्रण रहने फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गर्नेछन्। रणवीरमा भण्डारीकै कथा लेखन रहेको छ।

'रणवीर एक शिक्षित र जाँगरिलो युवक हो। उसको जीवनमा आउने उतार-चढाव र संघर्षनै सिनेमाको कथा हो। जुन भूमिका सुशील सिटौलाले निर्वाह गर्नेछन्’, निर्देशक भण्डारीले जानकारी दिए।

फिल्ममा अन्य कलाकार सुपुष्पा भट्ट, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंहको पनि अभिनय रहनेछ।  

महेश पौडेलको छायाँकन रहने फिल्मलाई डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ। हर्कुलस बस्नेत, शुशान्त गौतम, अमित श्रेष्ठको संगीत रहने ‘रणवीर’मा गम्भीर विष्ट, सुरेन बसेलको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell