PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ओली - प्रचण्ड ४ घन्टा वार्ता, मेडिकल कलेज सञ्चालक प्रसाईको घरमा भएको कुराकानीको फल के?



पासाङ ठकुल्ला

ओली - प्रचण्ड ४ घन्टा वार्ता, मेडिकल कलेज सञ्चालक प्रसाईको घरमा भएको कुराकानीको फल के?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधान मन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटर्वाता चार घण्टापछि सकिएको छ। 

मन्त्रिपरिषद बिस्तार र पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने उद्देश्यसहित ओली प्रचण्डबीच भेटवार्ता भएको थियो। उनीहरुको यो भेटवार्ता निर्णायक हुने अपेक्षा गरिए पनि ठोस निर्णय भएको छैन। 

प्रधानमन्त्री ओलीलाई उदृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘वार्ता सकारात्मक रुपमा अघि बढिरहेको छ। मन्त्रिमण्डल बिस्तार पनि चाँडै हुन्छ।’

बुधवार साँझ बसेको पार्टी एकता संयोजन समितिको बैठकपछि एकीकृत पार्टीको सैद्धान्तिक आधार (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा कुरा अड्केकाले पार्टी एकता अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो।

त्यसको भोलिपल्ट माओवादी केन्द्रको सर्मथनमा ओली प्रधानमन्त्री बनेका थिए। एकता प्रक्रिया र सरकारमा जाने विषयमा प्याकेजमै निर्णय लिनुपर्ने भन्दै सरकारमा माओवादीले मन्त्री नपठाएको हो।

सोही विषयमा टुङ्गो लगाउन बिहानको खाना सहित दुई अध्यक्षले भक्तपुरको ठिमीस्थित व्यवसायी दुर्गा प्रसाईंको घरमा छलफलका लागि जुटेका थिए। प्रसाई बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell