PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

हेटौँडा गोल्डकप : पुलिस सेमिफाइनलमा



पहिलोपोस्ट

हेटौँडा गोल्डकप : पुलिस सेमिफाइनलमा

हेटौँडा : विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो हेटौँडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा आइतवार भएको खेलमा घरेलु टोली विजय युथ क्लबलाई ३-० ले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो।

पुलिसको जितमा अभिषेक रिजालले २ तथा रवि पासवानले १ गोल गरे। रिजालले खेलको ११औँ ४०औँ मिनेटमा गोल गरे। पासवानले ५९औँ मिनेटमा तेस्रो गोल गरे।

मनोज विष्टले दोस्रो हाफमा रातो कार्ड खाएपछि विजय युथले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। खेलको ८१औं मिनेटमा विजय युथका डिफेन्डर मनोज विष्टलाई रेफ्रिले रेड कार्ड देखाएका थिए। उनले पुलिसका प्रिलेन तामाङलाई हातपात गर्न खोजेसँगै रेफ्रिले बिष्टलाई रेड कार्ड देखाउँदै मैदान बाहिर पठाए।

खेलपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले ‘टिमवर्क’को कारण जित सम्भव भएको बताए। हेटौंडाका प्रशिक्षक सुविन घिमिरेले डिफेन्सको कमजोर खेलको कारण हार भएको बताए।

रिजाल खेलको म्यान अफ दि म्याच घोषित भए

प्रयोगिताअन्तर्गत सोमवार नेपाल आर्मी र सुदूरपश्चिम-११ बीच खेल हुनेछ। फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता रहेको छ।

सुमन भोम्जन मेमोरियल स्पोर्ट्स फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ५ लाख पुरस्कार हात पार्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell