PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बास्केटबल लिग : कीर्तिपुरको एक अंकको रोमाञ्चक जित



पहिलोपोस्ट

बास्केटबल लिग : कीर्तिपुरको एक अंकको रोमाञ्चक जित

काठमाडौं : क्विक्स होम एण्ड अवे बास्केटबल लिगअन्तर्गत आइतवार भएको खेलमा कीर्तिपुर बास्केटबल टिमले हिमालयन हाउण्ड्सलाई एक अंकको झिनो अन्तरले पराजित गरेको छ।

घरेलु कोर्टमा भएको खेल कीर्तिपुरले ८४–८३ को अन्तरले जित्यो। निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा कीर्तिपुरले २१–१५ को अग्रता बनायो। दोश्रो क्वार्टरमा हिमालय हाउण्ड्स २२–१८ ले अघि रह्यो र दुरीलाई दुई अंकमा छोट्यायो।

तेश्रो क्वार्टरमा कीर्तिपुरले २३ अंक जोड्दै अगाडी रहेपनि हिमालयन हाउण्ड्सले २० अंक जोड्दै अन्तिम क्वार्टरसम्मका लागि खेललाई जिवित राख्यो। अन्तिम क्वार्टरमा हिमालयन हाउण्ड्सले खेलकै सर्वाधिक २६ अंक जोड्यो तर २२ अंक  जोडेको घरेलु टोली कीर्तिपुरलाई प्रतियोगितामा पहिलो जित दिलाउन पर्याप्त रह्यो।

कीर्तिपुरको जितमा सुरज खड्गीले सर्वाधिक २१ अंक जोडे।

प्रतियोगिता अन्तर्गत सोमवार दुई खेल हुनेछ। पहिलो खेलमा साउथ साइडर्स बास्केटबल क्लबले अवे खेलमा टिम बुढानिलकण्ठ म्युनिसिपालिटीसंग खेल्नेछ भने दोश्रो खेलमा घरेलु टोली त्रिभुवन आर्मी क्लबले गोल्डेन गेट इन्टरनेशनल कलेजसँग प्रतिस्पर्धा गर्नेछ।

शनिबार भएको पहिलो खेलमा आर्मीले बिशाल मिलन केन्द्रलाई पराजित गरेको थियो। नेपालकै पहिलो क्लबस्तरीय होम एण्ड अवे डबल लिग बास्केटबल प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell