PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

बालुवाटारमा ओलीको प्रवेश : 'देउवाले पानी नै हालेनछन्: अनि कसरी बढ्नु रुख?'

बालुवाटारमा ओलीको प्रवेश : 'देउवाले पानी नै हालेनछन्: अनि कसरी बढ्नु रुख?'

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज बालकोटस्थित निजी निवासबाट सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्। बालुवाटारमा बाजागाजासहित बसेका शुभेच्छुकको स्वागत ग्रहणपछि ओली गेटबाट मुख्य निवास प्रवेश नगरी प्रधामन्त्रीको स्वकीय सचिवालयतिर अघि सरे।

सचिवालयको अघिल्तिर रहेको सानो पीपलको बोट भएको पाखामा झरे। त्यहाँ तीनपाते पीपलको बोट थियो। रिमरिम अँध्यारो भइसके पनि ओलीले त्यही पीपलको विरुवा सुमसुम्याए।

मोबाइल र क्यामराको उज्यालोले सबैले त्यो बिरुवा देखे। र, तुरुन्तै पानी मगाए। जगमा पानी आइपुग्यो।

प्रधानमन्त्री ओलीले बिरुवामा पानी हाले। उनले रोपेको बिरुवाले उचाइ लिन नसकेको देखेर केहीले सोधे, ‘डेढ वर्ष हुँदा पनि यति सानै?’

पहिलोपटक प्रधानमन्त्री भएका बेला प्रचण्डले अविश्वास प्रस्ताव ल्याएपछि त्यसमा मतदान हुन नपाउँदै संसदमा उनले राजीनामा दिएका थिए। बालुवाटारबाट ५६४ दिन अघि विदा हुने बेला ओलीले यो बिरुवा रोपेका थिए।

‘देउवाले पानी हालेनछ, कसरी बढ्नु त!’ भीडबाटै उत्तर आयो। ओली मुसुमुसु हाँस्दै पीपलमा पानी हालेर बालुवाटार निवास पस्न उक्लिहाले।

सम्बन्धित समाचार

बाजागाजासहित बालुवाटारमा ओलीको प्रवेश, हेर्नुस् २६ फोटो



 


ट्रेन्डिङ पोस्ट

Ncell