PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल : आर्मी र पश्चिमाञ्चलको विजयी सुरुवात

प्रधानसेनापति पुरुष राष्ट्रिय भलिबल : आर्मी र पश्चिमाञ्चलको विजयी सुरुवात

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तेस्रो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलले विजयी सुरुवात गरेका छन्।

आइतवार लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा भएको प्रतियोगिताको उदघाटन खेलमा विभागीय टिम आर्मीले मध्य पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा हरायो।

समूह ए अन्तर्गतको खेलमा आर्मीले मध्यपश्चिमलाई २५–८, २५–१२, २५–१४ ले पराजित गर्‍यो।

यस्तै आइतवारै भएको समूह बी को पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१७, २५–२१, २५–१४ ले हरायो।

प्रतियोगिताअन्तर्गत सोमवार समूह बी को नेपाल पुलिस क्लब र मध्यमाञ्चल तथा समूह ए को सुदूर पश्चिमाञ्चल र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell